सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचार न्युनिकरण गर्ने बझाङका प्रमुख जिल्ला अधिकारीको प्रतिबद्धता

बझाङ । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लाका सरोकारवालहरुसँग परिचयात्मक तथा छलफल गर्नुभएको छ ।

भर्खरै प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला आउनुभएको अधिकारी पहिलो पटक सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल कार्यक्रममा जिल्लाको विकास र अधिल्ला दिनहरुमा जिल्लाको विकासका लागी भएका प्रयासहरुको विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रजिअ अधिकारीले भष्टाचार न्युनिकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताउनु भयो । उहाँले आमनागरिकले महशुस गर्ने गरी जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउने, जिल्लाको समग्र विकासको लागि सबै क्षेत्रसँग समन्वय र छलफल गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको छ ।

साथै छलफल कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र पत्रकारहरुले पनी अघिल्ला दिनहरुमा जिल्लाको समग्र विकासको लागी भएका प्रयासहरुका बारेमा र अधुरा रहेका कामहरुका बारेमा समेत प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलवार १२:३४