सूचनाको शक्ति - The Power Of Information

        

सर्वाधिक गोलकर्ताको कीर्तिमान रोनाल्डोको नाममा

काठमाडौं । युभेन्ट्सका स्टार खेलाडी रोनाल्डोले आधिकारिक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

रोनाल्डोले आधिकारिक खेलमा ७ सय ७० गोल पूरा गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । पेलेको नाममा ७ सय ६७ गोल रहेको छ ।

ब्राजिलियन लिजेण्ड पेलेले रोनाल्डोलाई बधाई समेत दिएका छन् ।

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले आइतबार राति भएको खेलमा काग्लियारीलाई पराजित गर्ने क्रममा रोनाल्डोले कीर्तिमान कायम गरेका हुन् ।

काग्लियारीलाई उसैको मैदानमा  युभेन्ट्सले ३-१ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।घरेलु टिमका जियोभानी सिमओनले एक गोल फर्काए ।

जितसँगै युभेन्ट्स २६ खेलमा ५५ अंकसहित लिगको तेस्रो स्थानमा छ । काग्लियारी २२ अंक जोडेर १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०८:११