सूचनाको शक्ति - The Power Of Information

        

राप्रपामा पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रम सम्पन्न

बाँके । काेहलपुर नगरपालिका वडा नं ११ मा विभिन्न पार्टी परित्याग गरि ८१ जना राप्रपामा प्रवेश गरेका छन् ।

No description available.

पार्टी प्रवेश कार्यक्रम संगै ट्रेड युनियन महासंघ नेपाल (टुकाेन) अन्तर्गत नेपाल निर्माण श्रमिक संघ र काेहलपुर वडा नं ११ काे महिला संगठनकाे वडा कार्यसमिति गठन भएकाे छ ।

नेपाल निर्माण श्रमिक संघ आशाराम थारुकाे संयाेजकत्वमा र रिता थारुकाे अध्यक्षतामा ९ सदस्यीय वडा कार्यसमिति गठन भएकाे हाे ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकालले राप्रपालाई अग्रणी शक्तिकारूपमा स्थापित गर्नुपर्ने चुनौती र महाधिवेशनलाई मध्यनजर गर्दै विभिन्न भातृ संगठनहरुलाई मजबुद गराउदै सशक्त अभियानलाई जाेड दिएकाे बताएका छन् ।

कार्यक्रमका अतिथि ट्रेड युनियन महासंघ नेपाल (टुकाेन) काे लुम्बिनी प्रदेश संयाेजक प्रेमखत्री, राप्रपा जिल्ला उपाध्यक्ष ज्याेतिलाल भण्डारी, राप्रपा क्षेत्र नं १ का क्षेत्रिय संयाेजक एवं जिल्ला काेषाध्यक्ष यम बहादुर रावत, जिल्ला सदस्य अर्जुन जंग शाह, राप्रपा महिला संगठन नगर अध्यक्ष लक्ष्मी हमाल, टुकाेन नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठ लगायतले आ-आफ्नाे मन्तब्य व्यक्त गरेका थिए साथै कार्यक्रम संचालक पार्टी नगर सचिव यज्ञ रेग्मिले गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार ०६:५९