सूचनाको शक्ति - The Power Of Information

        

वडा नं १३ काे कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम सम्पन्न

बाँके । राप्रपा निकट काेहलपुर नगरपालिका महिला संगठनले वडा नं १३ काे वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम  सम्पन्न गरेकाे छ ।

No description available.

छुपु कुमारी डांगीकाे अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति चयन गरेकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएका छन् ।

अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेकाे भन्दै आगामि पार्टीको महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले बताएका छन् ।

कार्यक्रममा राप्रपा जिल्ला काेषाध्यक्ष तथा क्षेत्र नं १ का संयाेजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वलि, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले आ-आफ्नाे मन्तब्य व्यक्त गरेका कुरा राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् ।

कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालकाे सभापतित्वमा सम्पन्न भएकाे हाे.

प्रकाशित मिति : १ चैत्र २०७७, आइतवार ०७:२६