सूचनाको शक्ति - The Power Of Information

        

रात्रीबस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, १० जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

हेटौंडाबाट चितवनतर्फ जादै गर्दा शनिबार बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको हो ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना।६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्किँएका हुन् ।

मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ ।

बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मनहरी प्रहरी कार्यालयले बजनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार ०९:०४