सूचनाको शक्ति - The Power Of Information

        

२ हजार ५१२ जनाकाे पीसीआर परीक्षण गर्दा ४८ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा देशभर ४८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार पाँच सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय १८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६१ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय ७७ जना पुगेको छ । नेपालमा अहिले नौ सय २९ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म तीन हजार १२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १७:४८