सूचनाको शक्ति - The Power Of Information

        

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७३ पैसा र बिक्रीदर १० रुपैयाँ ७९ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १०:५४