सूचनाको शक्ति - The Power Of Information

        

बार्सिलोनालाई हराउँदै पीएसजी युइएफएको क्वाटरफाइनलमा

एजेन्सी । बार्सिलोनालाई पराजित गर्दै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि समग्रमा ५–२ को जित निकाल्दै पीएसजीले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई उसकै मैदानमा ४–१ ले हराएको थियो ।

घरेलु मैदान पार्क दि प्रिन्सेसमा गयराति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले गोल फर्काएका थिए ।

खेलको ३१ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पीएसजीले अग्रता लिएको थियो । पीएसजीको त्यो अग्रता लामो समय टिकेन ।

३७औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार ०७:५०