सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध ओसारपसार न्यूनिकरण गर्न प्रशिक्षण

तेज वली । तुलसीपुर (दाङ) । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले सवारी दुर्घटना न्यूनिकरण तथा लागुऔषध दुव्र्यसनी नियणत्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । तुलसीपुर क्षेत्र लागुऔषध ओसारपसारको ट्रान्जिट प्वाईन्ट बनेको भन्दै यसलाई न्युनिकरण गर्न चेतना मुलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गाडीमा लागुऔषध ओसार पसार नहोस भनेर उक्त सचेतनामूलक कार्यक्रम गरिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण कुमार ऐरले बताए । सोमबार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा भएको सचेतना मुलक कार्यक्रममा ५० भन्दा बढी सवारीचालकको सहभागीता रहेको थियो । यदि लामो दुरीका सवारी साधनमा लागुऔषध ओसारपसार गरेको शंका लागेमा प्रहरीलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
सवारी चालकले पनि लागुऔषध प्रयोग गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गर्न चेतावनी समेत दिइएको थियो । सचेतना कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका सई राम बहादुर जिसी, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्मण कुमार ऐर, असई विवेक महराले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ११:०६