सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचारको आरोप लागेका ब्राजिलका पूर्व राष्ट्रपति निर्दोष सावित

काठमाडौं । ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भालाई सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा लड्न बाटो खुलेको छ ।

भ्रष्टाचारको अभियोगबाट मुक्त भएपछि लुलालाई आगामी निर्वाचनमा लड्ने बाटो खुलेको हो । ब्राजिलको सर्वोच्च अदालतले लुलालाई निर्दोेष सावित गरेको हो ।

सत्तामा रहँदा पदको अनावश्यक फाइदा उठाइ आर्थिक अपचलन गरेको तथा भ्रष्टाचारमा सम्लग्न रहेको अभियोगमा उनलाई सन् २०१७ मा जेल सजाय सुनाएको थियो । लुलालाई यसअघिको निर्वाचनमा उम्मेदवारी दिनसमेत नदिने आदेश गरिएको थियो ।

भ्रष्टाचारको आरोप लागेका लुलालाई कारागार चलान गरेकोका लुलाले सर्वोच्चामा पुन्रावेदन गरेपछि जेलमुक्त भएका थिए । वकर्स पार्टी (पिटी) का नेतासमेत रहेका पूर्व राष्ट्रपति लुलाले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई मुद्दा लगाइएको जिकिर गर्दै आएका थिए ।

उनी सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपति बन्नेका थिए । एजेन्सी

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलवार ०८:२३