सूचनाको शक्ति - The Power Of Information

        

सोमबार सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८६ हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार ११:१४