सूचनाको शक्ति - The Power Of Information

        

नेकपा दाहाल–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

काठमाडौ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार गरेको छ ।

पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो ।

बैठकबाट बाहिरिनुपूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाउनुभएको थियो ।

रावलले बोलेलगत्तै सभामुखले बैठक सुचालु गर्न खोज्दा आपत्ति जनाउँदै पूर्वप्रधानमन्त्री एवं सांसदहरु पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनालसहितका सांसदहरु बाहिरिनुभएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार १८:५६