बाँके । स्वर्गीय सुशील कोइराला सात वर्षअघि प्रधानमन्त्री भएसँगै बाँकेको नेपालगन्जमा प्रधानमन्त्री कप भलिबलको थालनी भएको हो । भलिबल संघ र उक्त प्रतियोगितामा केही व्यक्तिहरूको हालीमुहाली हुन थालेपछि पछिल्लो समय प्रतियोगितामा सहभागी टीमको समेत सख्या घट्दै जान थालेको छ । प्रतियोगिता स्तरहीन हुँदैछ ।
हरेक बर्ष गरिने खेलको उद्घाटन मापदण्ड विपरित भैरहेका छन् । बिदेशी सहभागीता टीम जनाउँन छाडेका छन् । अहिले पनि भारतीय लगायत केही बिदेशी टीम जो यसअघि सहभागी थिए कसैले पनि सहभागीता जनाएको देखिदैन । यद्दपी उक्त कप अहिलेसम्म निरन्तर चलिरहेको छ । तर, कपमा मापदण्ड अनुसार प्रधानमन्त्री वा सोही तहका प्रमुख अतिथि बोलएर कार्यक्रम हुन सकेको देखिदैन ।
यस कपका लागि राज्यको लाखौ बजेट खर्च भएको छ । स्थानीय तह र विभिन्न निकायबाट रकम असुली पनि गरिँदै आएको छ । तर, यसको लागत खर्च विवरण पारदर्शीरूपमा समयमै सार्वजनिक हुन सकेको छैन । सूचना माग गर्दा दिन आनाकानी गर्ने संघका पदाधिकारीले पत्रकारलाई उल्टै नानाथरी बोल्ने र पत्रकारितामा आफुले उच्च अध्ययन गरेको भन्दै धाकधम्की लगाउँदै आएका छन् ।
यसरी उच्च शिक्षाको धाक लगाउने महासयहरूले मासिक दुई चार वटा समाचार लेखेको भने कहीँकतै देखिदैन । कहीलेकाँही औसी पूर्णिमामा आफ्नो स्वार्थका लागि फाटफुट लेख र कथा भने लेख्दै आफुलाई महान पत्रकार ठान्दै आएका छन् । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता चलाउँदै आएको जिल्ला भलिवल संघ बाँके स्थानीय मिडियामैत्री देखिएको छैन ।
पिएम कपका आयोजकले स्थानीय सञ्चारकर्मीलाई उपेक्षा गर्दै काठमाडौंबाट महँगो रकम तिरेर पत्रकार बोलाउने यहाँका तारे होटलमा राखेर रक्सी मासुसहितको भोजभतेर गर्ने, आउँदा जाँदाको खर्चसमेत व्यहोर्दै दैनिक भत्तासमेत दिँदै अर्थहीन खर्च गरिरहेका छन् । नेपालगन्जमा मापदण्डविपरत उद्घाटन भएर सञ्चालन भैरहेको प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगितामासंघले स्थानीय मिडियालाई उपेक्षित गरेको छ ।
संघका गलत हर्कत र अपारदर्शी गतिविधलिाई लुकाएर संघको इच्छा अनुसार समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता संघका अध्यक्ष र संघ निकटका केही मिडियालाई आन्तरिक र गोप्यरूपमा मिलाएर मिडियामैत्री बन्न खोजेको संघले दर्जनौं मिडियालाई उपेक्षा गरिरहेको छ । त्यस्ता केही मिडियालाई मात्रै संघले सूचना दिने गरेको नेपालगन्जका सञ्चारकर्मीहरु बताउँछन् ।
हरेक मिडिया आफ्नै पक्षमा हुनुपर्ने, सबै मिडियाले संघका गलत हर्कत, गतिविधि लुकाईदिनुपर्ने, प्रधानमन्त्री कपमा देखिएका विसंगति विकृति र मापदण्ड विपरितका काममा पनि हुर्रेहुर्रे गरिदिनुपर्ने लगायतको मान्यताका र सोचका कारण बाँके भलिवल संघ यतिबेला विभेदकारी हुँदै गएको स्रोत बताउँछ ।
स्थानीय तहमा अधिकांश सञ्चारमाध्यमले प्रधानमन्त्री कपको यथार्थ रिर्पोटङ्ग गर्न थालेपछि सत्य बाहिरिने आशंकाले यतिबेला भलिवल संघले जिल्लाका सतप्रतिसत मिडियालाई सूचना दिएको छैन । आफ्ना सकारात्मक गतिविधिमात्रै लेखिदिनका लागि संघले बाँकेमा २०० को संख्यामा मिडियाकर्मी कार्यरत हुँदाहुँदै काठमाडौंबाट भाडामा केही मिडियाकर्मी बोलाएको पनि खुलेको छ ।
यसले पनि स्पष्ट हुन्छ कि संघ र प्रधानमन्त्री कप इभेन्ट स्थानीय मिडियामैत्री छैन । यो इभेन्टका लागि सरकारी र विभिन्न ठाउँबाट लाखौं रूपैयाँ चन्दा असुली गरिएको छ । तर, आयोजक भलिवल संघले कहाँबाट कति रकम किन कसरी असुली गरियो भन्नेबारे केही आसेपासे मिडियालाई गोप्यरूपमा सूचना दिए पनि मिडियाको ठुलो जमात यो सूचना पाउनबाट बञ्चित भैरहेको छ ।
टेलिफोन गरी सूचना माग्दा आयोजकले धम्की दिने, घरघरमा सूचना पुर्याउन जाने काम होइन भन्ने, हरहिसाब अपारदर्शी राख्ने लगायतका काममा संघ सक्रिय भैरहेको पत्रकारहरू बताउँछन् । संघको विगत लामो समयदेखि सार्वजनिक लेखापरिक्षण समेत हुन नसकेको संघकै पदाधिकारी बताउँछन् ।
भलिवल संघ र प्रतियोगितामा केही व्यक्तिहरूको हालीमुहाली हुन थालेपछि पछिल्लो समय प्रतियोगितामा सहभागी टीमको समेत सख्या घट्दै जान थालेको छ । प्रतियोगिता स्तरहीन हुँदैछ । खेलको उद्घाटन मापदण्डविपरित भैरहेको छ । मापदण्ड अनुसार प्रधानमन्त्री वा सोही तहका प्रमुख अतिथि बोलएर कार्यक्रम हुन सकेको देखिदैन ।
अहिले विदेशी टोली सहभागी नहुनु, प्रधानमन्त्री कपको उद्घाटन मिस नेपालले गर्नु लगायतका लाजमर्दा बिषयले पनि उक्त प्रतियोगिता मापदण्डविपरित भैरहेको स्पष्ट देखिएको छ । बाँके जिल्ला भलिबल संघले २०७० प्रधानमन्त्री कपको सुरुआत गरेयता राष्ट्रका कार्यकारी प्रमुखको नाममा प्रतियोगिता हुने लहरै चलेको छ । यस कपका लागि मात्रै राज्यको लाखौ बजेट खर्च भएको छ ।
स्थानीय तह र विभिन्न निकायबाट रकम असुली पनि गरिँदै आएको छ । तर, यसको लागत खर्च विवरण पारदर्शीरूपमा समयमै सार्वजनिक हुन सकेको छैन । कार्यक्रम सकिएपछि होटलवालासँगको मिलेमतोमा नक्कली बिल बनाएर रकम फछयोैट गर्ने गरेको खुलेको छ । विगतको तुलनामा पछिल्लो समय प्रधानमन्त्री कप भलिबल प्रगियोगिताको स्तर पनि खस्किदै गएको देखिएको छ ।
भलिवल खेलका केही ठेकेदार आयोजक र खेलाडीहरू प्रतियोगिताका निहुँमा कमाउधन्दाको थालनीमा लागेपछि प्रतियोगिताको स्तर कम हुँदै गएको भलिवल खेलाडी नै बताउँछन् । जसका कारण प्रतियोगितामा बिदेशी टोलीले सहभागीता जनाउन छाडेका छन् । अहिले पनि भारतीय लगायत केही बिदेशी टीम जो यसअघि प्रतियोतिामा सहभागी थिए कसैले पनि सहभागीता जनाएको देखिँदैन ।
अहिले सातौं संस्करणको प्रतियोगिता चलिरहँदा यसको सञ्चालनका लागि भन्दै रकम कहाँँबाट कसरी असुली गरिएको छ भन्नेबारे संघले कुनै जानकारी दिएको छैन । खेलका निहुँमा दुई चार जनाले हालीमुहाली गर्दै आएको भलिवल खेलाडी नै बताउँछन् । बाँकेमा करिब २०० को हाराहारीमा पत्रकार छन् । राष्ट्रिय तथा स्थानीयस्तरमा पत्रपत्रिका र अनलाइन चलिरहेका छन् ।
।