सूचनाको शक्ति - The Power Of Information

        

‘भोक छैन, तिर्खा मात्रै छ’

काठमाडौं । खरानीमा परिणत भएको घरको अवशेष । छेउमा जल्दाजल्दै बचेका जस्ताका टुक्रा । दाउराका ठुटा, अनि अँगारको थुप्रो ।

त्यही अँगारमाथि कपडाको टुक्रो बिछ्याएर बसेका छन्, ७० वर्षीय दारिञ्जी शेर्पा । जलेका सामानको दुर्गन्ध र खरानीको धूलोले छपक्कै छोपिसक्यो । माटो भरिएको बोराको सिरानी लगाएर उनी दिनभर त्यहीँ ढल्छन् ।

कोही बोलाउन आए उठेर कुरा गर्छन् । डिलमुनि कटेरो छ । रात परेपछि कटेरोमा गएर सुत्छन् । मंगलबारको आगलागीमा घरसहित भएभरको जायजेथा जलेर खरानी भए । घरमा लागेको आगो निभ्यो तर, दारिञ्जीको मन भने जलिरहेको छ ।

केही दिन भयो, उँहाले खानु भएको छैन । ‘भोकै लागेको छैन, अनि के खानु ? उहाँले भन्नुभयो, ‘तिर्खामात्रै लाग्छ, खोलाबाट गाग्रीमा पानी ल्याएर खाँदै बसेको छु ।’ अन्नपूर्ण

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतवार ०७:२९