सूचनाको शक्ति - The Power Of Information

        

समाचार

विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो

करिब १७० जना कार्यकर्ता आजै रिहा गर्न गृहको सर्कुलर

काठमाडौं । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएपछि गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ । मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले भने, ‘जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब १७० जना विप्लव समूहका कार्यकर्तालाई भोलिसम्म छाड्न सर्कुलर जारी गरिएको छ ।’ त्यस्तै मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

यसअघि आजैको मन्त्रिपरिपरिषद् बैठकले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय पनि गरेको थियो। बैठकले बिहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार ०५:१८