सूचनाको शक्ति - The Power Of Information

        

रोमाञ्चित जितसँगै बार्सिलोना फाइनलमा

काठमाडौं । उपाधि दावेदार बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

सेभिया विरुद्धको सेमिफाइनल खेल समग्रमा ३–२ ले जित्दै बार्सिालोना फाइनलमा पुगेको हो । सेमिफाइनल पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो । तर गएराति भएको दोस्रो लेगको खेलको निर्धारित समयमा बार्साले २–० कै जित निकाल्यो ।

बार्साका लागि ओस्मान डेम्बेले र जेरार्ड पिकेले एक एक गोल गरे । निर्धारित समयको खेल बार्सिलोनाले २–० ले जितेपछि एग्रिगेटमा २–२ गोलको बराबरी भए । यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयमा बार्सिलोनालाई विजयी गराउन मार्टिन ब्रेथवेटले निर्णायक गोल गरे । खेलमा सेभियाका रेगेस र डे योङले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो ।

बार्सिलोनाले अब उपाधिका लागि एथ्लेटिक बिल्बाओ र लेभान्तेबिचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । एजेन्सी

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार ०८:२२