सूचनाको शक्ति - The Power Of Information

        

विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

मुस्ताङ ।  सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन पक्राउ परेका छन् ।

पुनलाई म्याग्दीको मालिका गाउँपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभएको छ ।

एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायत गतिविधिमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ११:०४