सूचनाको शक्ति - The Power Of Information

        

सैनिक ‘कू’ विरोध र समर्थनमा प्रदर्शन गर्दा दुई समुहबीच झडप

काठमाडौं । म्यानमारमा सैनिक कू को विरोधमा भइरहेको प्रदर्शनका बीच सेना समर्थितहरु पनि सडकमा उत्रेपछी दुई समुहबीच झडप भएको छ ।

सैनिक कु को बिरुद्धमा म्यानमारको यंगुन शहरमा प्रदर्शनमा रहेका हजारौं प्रदर्शनकारीहरुमाथि सेना समर्थितहरुले ढुंगामुढा गरेपछी दोहोरो झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यंगुन शहरमा प्रदर्शकारीहरु भेला हुने क्रममा करिब एक हजारको संख्यामा रहेका सेना समर्थकहरुले र्याली निकाली सेनाको समर्थनमा नारा लगाएका थिए । हातका चक्कु र पाइपसहित सडकमा उत्रेका सेना समर्थकहरुले प्रदर्शनकारीहरुमाथि आक्रमण गरेका थिए ।

म्यानमारमा सैन्य कु को बिरुद्धमा जारी प्रदर्शनका क्रममा सेनाले केही प्रदर्शनकारीहरुलाई सडकमा उतारेर थप हिंसा निम्त्याएको बिपक्षी प्रदर्शनकारीको आरोप छ । सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने भन्दै सडकमा नउत्रन चेतावनी दिँदै आएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि लगातार विरोध प्रदर्शनहरु भैइरहेका छन् । प्रदर्शनकारीहरुले आङ साङ सूचीको जननिर्वाचित सरकारको पूनर्वहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । सेनाले भने चुनावमा धांधली भएको आरोप लगाउंदै आएको छ । एजेन्सी

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार ०७:४३