सूचनाको शक्ति - The Power Of Information

        

हेर्नुस् आजको विदेशी मुद्रा बिक्री विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमूल्य १४० रुपैयाँ २४ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६३ पैसा, चाइनिज युवान एकको खरिददर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ शून्य पैसा, जापानी येन १० को खरिददर १० रुपैयाँ ९६ पैसा र बिक्रीदर ११ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा र कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

विस्तृतमा हेर्नुस् 

binimaya.JPG

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०८:४०