सूचनाको शक्ति - The Power Of Information

        

मनमोहनले सुरु गरेको औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाने

काठमाडौं । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम जानु हुने भएको छ ।

२०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो ।

उक्त औद्योगिक क्षेत्र स्थापनाका लागि पटकपटक पहल हुँदै आए पनि चालू आर्थिक वर्षमा वन मन्त्रालयबाट स्वीकृति भएर काम सुरु हुन लागेको हो ।

सोही औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री सुदूरपश्चिम जान लाग्नु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराउनु भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार ०९:०७