सूचनाको शक्ति - The Power Of Information

        

फेरि बढ्न थाल्यो भारतमा कोरोना संक्रमण, अवस्था जटिल बन्ने सम्भावना

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण घटेको छिमेकी मुलुक भारतमा फेरी संक्रमितको संख्या बढ्न थालेको छ ।

भारतका चार राज्यमा पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढ्न थालेको हो ।

टाइम्स अफ इन्डियाका अनुसार भारतको पञ्जाब, महाराष्ट्र, केरला र मध्यप्रदेशमा लगातार संक्रमण बढिहरको छ।

महाराष्ट्रमा कोरोना भाइरसका विभिन्न भेरियन्टका संक्रमित भेटिएकै बेला अन्य राज्यहरूमा पनि संक्रमित ह्वात्तै बढेको बताइएको छ ।

महाराष्ट्रको विधर्भा क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीहरूले उक्त क्षेत्रमा लकडाउन गरेर नयाँ स्वास्थ्य निर्देशिका जारी गरेका थिए ।

राज्यहरूमा कोरोना संक्रमितहरू दिनदिनै बढ्न थालेपछि भारतमा कोरोना संक्रमणको दोस्रो लहर आउन लागेको ठानिएको छ ।

ठूलो संख्यामा कोरोना भाइरसविरूद्धको खोप लगाइरहेको भए पनि भारतमा नयाँ भेरियन्टको कोरोना भाइरस फैलिए अवस्था जटिल बन्ने विज्ञहरूले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार ११:१४