काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।
पश्चिमी वायुको प्रभाव नरहेकाले देशभरको मौसम सफा रहेको र आज सबैजसो ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीकाअनुसार पूर्वी तराईका एक/दुई ठाउँमा अहिले कुहिरो लागेको छ तर बिस्तारै कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।
अबको दुई/तीन दिनसम्म मौसम बद्ली हुने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनुभयो । देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढे पनि बिहान बेलुका भने चिसो छ । अब बिस्तारै चिसो हट्दै जाने छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
।