सूचनाको शक्ति - The Power Of Information

        

म्यानमारमा भएको प्रदर्शनमा दुईको मृत्यु, २० बढी घाईते

एजेन्सी । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको हो । कम्तिमा २० जना घाईते भएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अत्याधिक बल प्रयोग गरेको थियो । सैन्य अधिकारीहरुले फेब्रुअरी १ को कु पछि प्रहरीको गोली लागि पहिलो पटक प्रदर्शनकारीको मृत्यु भएको जनाएका छन् ।

आङ साङ सूचीको निर्वाचित सरकारलाई अपदस्थ गरि सेनाले सत्ता हत्याएपछि म्यानमारमा लगातार विरोध प्रदर्शनहरु भैरहेका छन् ।

प्रदर्शनकारीहरुले घरमै नजरबन्दमा रहेकी नेतृ सूचीलगायत पक्राउ परेका अन्य नेताहरुको रिहाइको माग गर्दै नागरिक सरकार पूनर्वहालीको माग गरेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार ०८:३७