सूचनाको शक्ति - The Power Of Information

        

विराटनगरमा प्रधानमन्त्री ओलीलाई देखाइयो कालो झण्डा

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।

प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिए।

यस्तै ओली समूहको प्रदेश १ स्तरीय जनसभा सुरू हुँदैछ।  विराटनगर–२ को प्रदर्शनी स्थलमा सहभागीहरू आउने क्रम सुरू भएको छ।

विराटनगरका विभिन्न स्थानबाट र्‍याली निकालिएको छ भने सभास्थलमा सांस्कृतिक कार्यक्रम पनि भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकाल जानकारी दिए।

जनसभालाई प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा, सुवास नेम्वाङ, शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार १३:२०