काठमाडौं । राष्ट्रिय कितावखाना (शिक्षक) ताहाचलकाका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीबाट घुसवाफत लिएको ५२ हजार रुपैयाँसहित रंगेहात पक्राउ परेका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उक्त कार्यालयका सवारी चालक सुरेश प्रसाद नेपाल र क्यान्टिन संचालक सुदर्शन न्यौपानेले अवकास पश्चात पेन्सन कागजात बनाउन आएका सेवाग्राहीसँग छिटो काम गरिदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ । सेवाग्राहीबाट लिएको घुस रकमसहित अख्तियारको टोलीले नेपाललाई नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा शाखा अधिकृत प्रसाईले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन संचालक न्यौपानेलाई सेवाग्राहीसँग घुस माग्न लगाइ उक्त घुस सवारी चालक न्यौपानेले बुझेको खुलेको अख्तियारले जनाएको छ । तीनै जनाविरुद्ध प्रतिव्यक्ति ५२ हजारका दरले बिगो माग दाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
।