सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीको अस्पताल भवन निर्माण कार्य सकियो


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको तीन सय शैया भएको भवन निर्माण कार्य सम्पन्न भएको छ । निर्माण कार्यको जिम्मा लिएको रसुवा कन्सट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेपछि प्रतिष्ठानलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
रसुवा कन्स्ट्रक्सन प्रालि परियोजनाका व्यवस्थापक डिल्ली ढकालल भने, ‘प्रष्ठिानलाई माघ २० गते सम्ममा हामी हस्तान्तरण गर्ने तयारी गरिरहेका छौँ ।’ ढकालका अनसार यो भवन ७६ करोडमा निर्माण कार्य सम्पन्न भएको छ । २०७२ साल असार १३ गते तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीले उद्धाटन गर्नुभएको तीन सय शैयाको भवन निर्धारित समयमै सम्पन्न भएको छ ।
प्रतिष्ठानका पूर्व उपकुलपति डा. पारस आचार्यको पदावधि सकिएपछि ९ महिना लामो पदाधिकारी रिक्तताले र भारतले गरेको अघोषित नाकावन्दीले निर्माण कार्यमा केही ढिलाई भएको प्रालिले जानकारी दिएको छ । नाकावन्दीका कारण सामान सिमामा तीन महिना रोकिएको थियो । प्रतिष्ठानलाई अहिले ६ नम्बर प्रदेशको स्वास्थ्य क्षेत्रको धरोहर मानिन्छ । प्रतिष्ठानले सेवासहित, एचए र स्टाफ नर्स अध्यापन गराइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ०८:४७