सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्याका आरोपी सार्वजनिक

बैतडी । भागरथी हत्यामा संलग्न आरोपीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । दोगडाकेदार गाउँपालिका–७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी अहिले दिउँसो सार्वजनिक गरेको हो ।

उनले हत्याको आरोप स्विकारिसकेका प्रहरीले जनाएको छ । भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने दिनेशले माघ २१ गते भागरथीको पिछा गर्दै लवलेक सामुदायिक वनमा एक्लै भएको मौका छोपेर लडाएर हत्या गरेका बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार १५:५८