सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार महासंघको २६ औं महाधिवेशन आज, एक महिनापछि चुनाव

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ ।

महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहनेछ । महासंघका सचिव राम प्रसाद दाहालका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।

महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।

समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने सचिव दाहालले बताउनुभयो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ११:४४