सूचनाको शक्ति - The Power Of Information

        

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ घोषणा

काठमाडौं । गीतसंगीतलाई आधार बनाएर वर्षेनी थुप्रै अवार्ड आयोजना हुने गरेका छन् । यो भिडमा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ पनि थपिएको छ ।

‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नाराका साथ तुलसी मिडियाले अवार्डको आयोजना गर्न लागेको हो । १४ चैतमा काठमाडौमा भब्य कार्यक्रम सहित अवार्ड आयोजना हुन लागेको हो ।

अवार्डमा लोक, पप, आधुनिक र फिल्म गरेर ३९ विधा समावेश गरिएको अवार्डका संयोजक नवराज भण्डारीले बताए ।लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, मोडल समावेश छन् ।

फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधा अन्र्तगत नव  गायक, नव गायिका, नव मोडल रहेको छ ।  प्राविधिकतर्फ सबै विधा अन्तर्गत छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश अवार्डमा पपुलर विधा अन्र्तगत गीत, संगीतकार, गायक, गायिका, मोडल रहेका छन् ।

समारोहमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्ड द्धारा सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन फागुन ३ गतेदेखि फागुन २१ सम्म खुल्ला गरिएको छ । सबै विधामा फर्म खुल्ला गरिएको आयोजकले जनाएको छ । आवदेनका लागि निःशुल्क फर्मको व्यवस्था गरिएको छ ।

नेपाल बेष्ट म्युजिक अवार्डको लागि ३ जनाको जुरी तय गरिएको छ । जुरीमा रहेका सदस्यहरुलाई भने अवार्डको दिन मात्रै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ११:३८