सूचनाको शक्ति - The Power Of Information

        

ढिके नूनकै भरमा जाजरकोटका गाउँ


जाजरकोट । यहाँका दूरदराजका गाउँमा अझै ढिके नूनको प्रयोग हुने गरेको छ । जिल्लाका नलगाड नगरपालिकाका वडा नं ६, १०, ११, १२ र १३ का स्थानीयवासी अझै ढिके नून प्रयोग गर्न बाध्य छन् । साल्ट ट्रेडिङ कर्पोरेसन जिल्ला शाखाले ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नून पुर्याउन नसक्दा यहाँका गाउँमा ढिके नूनको प्रयोग बढेको हो ।
नगरपालिकाको दल्लीमा रहेको डिपोबाट महिनाको दुई दिन आयोडिनयुक्त नून वितरण हुने गर्दछ । महिनाको दुई दिन वितरण हुने उक्त नून कहिले वितरण हुन्छ भन्ने सूचनाको अभावमा यहाँका ग्रामीण क्षेत्रका स्थानीयवासीले आयोडिनयुक्त प्रयोग गर्र्न नसकेका हुन् ।
ढिके नून गाउँकै बजारमा पाइने आयोडिनयुक्त नून लिन ६ घण्टा हिँड्नुपर्ने बाध्यता रहेको नलगाड नपा–१२ का वडाध्यक्ष लालबहादुर खत्रीले बताए । आयोडिनयुक्त नून प्रयोग गरेमा हुने फाइदाका विषयमा समेत स्थानीयवासी जानकार नहुँदा थप समस्य आएको हो । आयोडिनयुक्त नून प्रयोगको फाइदाका विषयमा समेत स्थानीयवासीलाई जानकारी गराउन सके प्रभावकारी हुने देखिन्छ । रासस

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ०५:२१