काठमाडौं । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान)ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) यो वर्ष काठमाडौंमा हुने भएको छ । सम्मेलन माग १६ गतेदेखि गर्ने भएको छ । सार्क मुलुकमा प्रत्येक वर्ष गरिने सम्मेलन यस वर्ष भने नेपालमा गर्न थालेको हो ।
आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले भने, ‘साफाको चेयर जुन राष्ट्रको हुन्छ, त्यही राष्ट्रले वार्षिक बैठक बोलाउने हो, सोही अनुसार यो वर्ष हामीले सम्मेलन गर्न थालेका हौँ ।’ अगस्ट महिनामा साफाको बैठक नेपालले बोलाएको थियो । त्यो समयमा साफाको चेयर अफगानसँग थियो ।
सन् २०१८ को लागि साफा अध्यक्ष नेपालसँग छ । आइक्यानको सिफारिसमा नेपालको तर्फबाट साफाको अध्यक्ष पूर्व अध्यक्ष सुवोधकुमार कर्ण रहेका छन् । सार्क राष्ट्रका चार्टर अकाउन्टेन्टहरूको संस्थाले पालै पालो गरिने साफा सम्मेलनको आयोजना गर्ने गर्छ ।
वार्षिक बैठकको अवसरमा आयोजना गरिने सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षा सम्वन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने छ । साफाका विभिन्न समितिहरू मध्ये कम्तीमा ७ वटा समितिहरूको बैठक बस्ने, सातै देशको प्रतिनिधीहरूको सहभागित रहने छ ।
सम्मेलनको पहिलो दिन साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट आयोजना गरिने बताए । वित्तिय प्रतिवेदनमा विद्यार्थीको अभिरुचि अभिवृद्धि यो कार्यक्रको आयोजना गरिएको अध्यक्ष थापाले बताए । यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गर्न थालिएको आयोजकले बताए ।
दोस्रो दिन साफा इन्टरनेशनल सिएफओ कन्फ्रेन्स राखिएको छ । यस अन्तर्गत माग १७ गते सहभागीहरू बीच वित्तिय जोखिम व्यवस्थापन, पारदर्शिताका विषयमा छलफल गरिने कार्यक्रम छ । यो सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातिप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वहरूबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने छ ।
सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीको सहभागिता रहने आइक्यानले जनाएको छ । दोस्रो दिननै आइक्यानले आफ्नो स्थापनाको एक्काइसौं बार्षिकोत्सवको कार्यक्रम राखेको छ । वार्षिक उत्सवको अवसरमा संस्थाको सातदोबाटो, ललितपुर स्थित केन्द्रीय कार्यालय अगाडी रहेको कनिबहाल सिंचाहिटी ेखि चक्रपथसम्मको बाटोको नामाकरण आइक्यान मार्ग गर्ने जनाएको छ । तेस्रो दिन साफाको ५१ औँ बोर्ड बैठक तथा ८६ औँ साफा महासभा बैठक आयोजना गरेको छ । बोर्ड बैठकमा विभिन्न समितिहरूको गठन तथा पुर्नगठनको लागि महासभामा सिफारिस गर्ने, साफा प्रतिवेदन स्वीकृत गर्ने जस्तका कार्यक्रम राखेको छ । साफामा नेपाल सहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन् । सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रवधान रहेको छ । नेपालले सन् २०१० मा सोफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष पनि नेपाल रहेको छ ।
।