देवी भण्डारी । दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रर्दशनी २०७४ को तयारीका सम्बन्धमा विभिन्न उपसमितिहरु विस्तार गरेको छ । उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन ३ गतेवाट १३ गतेसम्म घोराहीमा शुरु हुन थालेको महोत्सवलाई सफल बनाउन संघले महिला उद्यमी समितिको बिस्तार गरेको छ ।
धार्मिक समितिका संयोजक बिन्दु दाहालको अध्यक्षता तथा मुलसमितिका संयोजक उद्योग उपाध्यक्ष बसन्त जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले बिन्दु दाहालको संयोजकत्वमा विष्णु थापा उपसंयोजक रहेको समिति गठन गरेको छ । जसको सदस्यहरुमा बिना खनाल, बिन्दु कँुवर, शुलोचना प्रधान, जुनु मगर, बालिका भण्डारी, जयन्ता वली, जिवा भुषाल, तुलसा शाक्य, रचना सुवेदी, गोमा पाण्डे, मिना लम्साल, प्रभा वली, धना केसी, प्रेम कुमारी पुन रहेका छन् ।
दाङलाई औद्योगिक क्षेत्रको रुपमा विस्तार गर्ने उद्देष्यका साथ सञ्चालन हुन थालेको महोत्सवमा स्थानीय तहमा लुकेर रहेका हरेक प्रतिभाहरुलाई बाहिर ल्याउन मद्दत पुग्ने विश्वास गरिएको छ भने महोत्सव अवधिभर निशुल्करुपमा गुडिया, अल्लो धागो, होजियारी, झोला बुन्ने लगायतका तालिमहरु सञ्चालन गरिने पनि बताइएको छ । यसैगरी दाङ उद्योग वाणिज्य संघले महोत्सवका लागि आजदेखी स्टल बुकिङ पनि खुल्ला गरेको जनाएको छ ।
स्थल व्यवस्थापन समितिका संयोजक टंकप्रसाद पोख्रेलले आजबाट महोत्सवका लागि स्टल बुकिङ खुल्ला भएको बताए । संयोजक पोख्रेलका अनुसार, आजवाट स्टल बुकिङ गर्दा स्टल शुल्कको ५० प्रतिशत रकम भुक्तान गर्नुपर्ने, महोत्सव शुरु हुँदा फागुन ३ गतेका दिनसम्म स्टल शुल्कको पुरै रकम भुक्तान गरिसक्नुपर्ने, स्टल बुकिङका लागि स्थानीय उत्पादनलाई बिशेष प्राथमिकता दिइने, दाङ उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरुलाई स्टल शुल्कमा ५ प्रतिशत छुट दिनुका साथै स्टल दिने कि नदिने भन्ने अन्तिम अधिकार दाङ उद्योग वाणिज्य संघलाई नै रहने संयोजक पोख्रेलले बताए ।
पोख्रेलका अनुसार, स्टल बुकिङ गर्दा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको फोटोकपी, प्रतिस्टल ३ जना स्टल प्रतिनिधिको पासपोर्ट साइजको फोटो २ प्रति र छुटका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यता प्रमाणपत्र नविकरण भएको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । यसैगरी स्टल बुकिङका लागि उपसंयोजक यादब शाह, सदस्यहरु पुष्पराज आर्चाय, शालिकराम थापा, नारायण राना क्षत्री, एकनारायाण पौडेल, सुदिप भण्डारी, पदम भट्टराई, उदयराज खड्का, महेश श्रेष्ठ, शरद खनाल, दिपेन्द्र श्रेष्ठ भारी, सरद सुवेदी, शोभाकर पौड्ेल, बामदेव अधिकारी, जगत आर्चाय, भीम गिरी, भिमसेन गिरी, वुद्धप्रकाश रावत र माधब खनाल सदस्य रहेको उपसमिति विस्तार गरिएको छ ।
स्टल बुकिङका लागि उससमीतीका सदस्यहरुलाई सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै टिकट, सरसफाई तथा खानेपानी तथा प्राथमिक उपसमितिका संयोजक पिताम्वर शर्माको अधयक्षता एवं महोत्सव मुलआयोजक समितिका सहसंयोजक नरेश कार्कीको प्रमुख आतिथ्यमा आइतबार बैठकले खानेपानी व्यवस्थापन उपसमिति विस्तार गरेको छ । उपसमितिको उपसंयोजकमा सुमन शर्मा रहेका छन् भने सदस्यहरुमा ध्रुव केसी, गजेन्द्र बहकरी, नारायणप्रसाद लामिछाने, मित्रदेव अधिकारी, रामप्रसाद पोख्रेल, माधव पौडेल, कैलाश खडका, प्रकाशमान श्रेष्ठ, दिनेशचन्द्र पौडेल, मुकेश भुसाल रहेका छन् । उपसमितिले महोत्सव अवधिभर महोत्सव स्थलमा स्वच्छ पिउने पानीको व्यवस्था गर्ने जनाएको छ ।
यसैबीच बैठकले रामप्रसाद पोख्रेलको संयोजकत्वमा १९ सदस्यीय भौतिक निर्माण तथा भोजन आवास उपसमिति गठन गरेको छ । समितिको उपसंयोजकमा शिवलाल आर्चाय रहेका छन् । समितिका सदस्यहरुमा विष्णुप्रसाद सुवेदी, हेमलाल आचार्य, विष्णु पोख्रेल, विष्णु जिसी, विष्णु श्रेष्ठ, पदम श्रेष्ठ, माधव पोख्रेल, सरोज धिताल, जगत जिएम, अम्मर अधिकारी, सरोज गिरी, भेषराज पाण्डेय, घनश्याम बस्नेत, पदमबहादुर वली, निश्चल केसी, विशाल गिरी र विनोद बस्नेत रहेका छन् ।
।