सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो चरणको खोप २६ सय जनालाई दिइने

बझाङ । बझाङमा पहिलोचरणमा कोरोना भाइरस महामारी विरुदको पहिलो चरणको खोप सेवा सकिएपछी आइतबार बाट दोस्रो चरणको खोप सेवा सुचारु गरिएको छ ।

दोस्रो चरणको खोप सेवामा जिल्लाका २६ सय जनालाइ खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा आइतबार दोस्रोचरणको खोप सेवाको जिल्ला समन्वय समिति प्रमुख खडक बहादुर खड्काले उद्घाटन गरी खोप लगाएर सुबारम्भ गर्नुभएको थियो ।

साथै प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारी , डियसपी रुपक खड्का र नेपाल पत्रकार महाँसंघका अध्यक्ष जगदीस रोकायाले खोप लगाएर दोस्रोचरणको खोप सेवा कार्यक्रम सुचारु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले बताउनु भयो ।

उहाँले भन्नुभयो , यो चरणमा जिल्लाका सबै जनप्रर्तिनिधी राष्टसेवक कर्मचारी सुरक्षाकर्मी सहित संचारकर्मी गरी २६ सय जनालाइ खोप लगाउने लक्ष्य रहेको छ ।

जिल्ला अस्पताल खोप सेवा केन्द्र र देउलेख प्राथमिक केन्द्र बाट दास्रो चरणको कोरोना विरुदको खोप सेवा दिइने भएको छ ।
यस अगाडी माघ महिनाको दोस्रो साता बाट संचालन भएको खोप सेवामा स्वास्थ्यकर्मी , सरसफाइकर्मी गरी १ हजार ८८ जनालाइ खोप लगाइएको थियो ।

कोरोना महामारी विरुदको खोप लगाएपछी प्रमुख जिल्ला अधिकारी कमलराज भन्डारीले नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर लगाउन पाउदा खुसी लागेको बताउनु भयो । उहाँ जस्तै जिल्ला अस्पतालमा खोप लगाउन आएका सहभागीहरुले पनी खोप लगाउन पाउदा नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाइ धन्यवाद दिए ।

खोप लगाएपछी आधा घन्टा आराम गर्नुपर्ने र कसैलाइ सामान्य टाउको दुख्ने समस्या आृने गरेको स्वास्थ्यकर्मीहरुले बताए । एक हप्ता सम्म संचालन हुने दोस्रो चरणको खोप सेवा सकिएपछी अन्य सर्वसाधारणहरुलाइ पनी खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतवार १९:२४