काठमाडौं । बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी छन् । बस्नेतले आफूलाई धम्की दिएको दिएको भन्दै उजुरी दिएको जनाएकी छन् ।
बस्नेतले युट्युबमा सपना रोका मगरका नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिएपछि उजुरी दिएकी हुन् । महानगरीय प्रहरी परिसर काठमडौंका एसएसपी अशोक सिंहका अनुसार जाहेरी दर्ता भइसकेको र पक्राउ पुर्जी लिन टोली अदालत गएको छ ।
बस्नेतविरुद्ध अभद्र व्यवहारमा पुर्जी लिइनेछ । बस्नेत अहिले काठमाडौंबाहिर रहेको प्रहरीले जनाएको छ । सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गर्दै आएका थिए । जाहेरी अनुसार बस्नेतले धम्की दिएमा यौन उत्पीडन दिने, जबर्जस्ती करणी, हैरानी गर्नेजस्ता उनका कार्यहरू विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।
।