सूचनाको शक्ति - The Power Of Information

        

झलनाथ खनाल दिल्ली जाँदै

काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ट नेता झलनाथ खनाल शुक्रबार दिल्ली जाने भएका छन्।

आफ्नो स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली जान लागेका हुन्।

४ दिन दिल्लीमा रहने नेता खनालले आफ्नो कुनै पनि राजनीतिक भेटघाटको सम्भावना नरहेको जानकारी दिए।

‘अपोलो अस्पतालमा स्वास्थ्य उपचारका लागि दिल्ली जान लाग्नुभएको हो, राजनीतिक भेटघाट हुने कुरै हुन्न’, खनालका स्वकीय सचिव कृष्ण भट्टराईले भने, ‘स्वास्थ्य उपचारका लागि जान लागेकोले यस्तो बेला राजनीतिक भेटघाट हुने सम्भावना छैन।’

खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ११:५७