सूचनाको शक्ति - The Power Of Information

        

नेकपाले भन्यो, राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता

काठमाडौं ।  नेकपा प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाँक्रीको पक्राउले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको जनाएको छ ।

नेतृ झाँक्री पक्राउ परेको केही समयपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले पार्टी आश्चार्यचकित भएको उल्लेख छ ।

‘लोकतन्त्रमा राजनीतिमा सम्लग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनलाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता बाहेक केही होइन,’ विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भत्र्सना गर्दै केन्द्रीय सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविल्मब रिहा गर्न जोडदार माग गर्दछ ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १४:३९