सूचनाको शक्ति - The Power Of Information

        

झाँक्री पक्राउ प्रकरण

रामकुमारी झाँक्री पक्राउपछि सामाजिक सञ्जालमा आए यस्ता अभिव्यक्ति

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ परेकी छन् । प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तरगत पक्राउ पूर्जी बुझाएर काडमाडौँको शंखमूलस्थित उनकै निवासबाट बिहीबार अपराह्न करिब १ बजे पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न प्रहरी निवास पुगेपछि सामाजिक सञ्जालमा उनका पक्षमा पनि बहस सुरू भएको छ ।

कसले के भने ?

https://www.facebook.com/janardan.sharma.5661/posts/3493510850873387 

नेकपा नेता जनार्दन शर्माले देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थ पुर्ति गर्ने षड्यन्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘रामकुमारी झाँक्रीलाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन देशलाई मुडभेटमा लगेर आपनो निहित स्वार्थपुर्ती गर्ने षड्यन्त्र हो ।’

त्यस्तै नेतृ पम्फा भुसालले पनि आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामीले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जनताले बोल्न नपाउने निरंकुशतन्त्र होइन है । जनबिरोधी काम गरे राष्ट्रपति प्रधानमन्त्रीको आलोचना मात्र होइन सत्ताबाट हटाउने तागत जनतामा रहेको कुरा अँध्यारो कोठामा बसेर सड्यन्त्र गर्नेले राम्रोसित बुझ्दा हुन्छ । प्रतिगामी सरकार मुर्दावाद ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/4003530942992452

त्यस्तै नेता योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रामकुमारीलाई गिरफ्तार गर्न आदेश दिने राष्ट्रपतिका आफ्ना भनिएकाहरुले नै राष्ट्रपतिलाई धुलिसाफ गर्ने भए । राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर । ब्यक्तिगत रुपमा रामकुमारीलाई थप परिपक्व बनाउने छ र अझ स्थापित गर्नेछ । प्रहरी रामकुमारीको निवासबाट तत्काल फिर्ता होउ ।’

https://www.facebook.com/thapagk/posts/3832236246820259 

गगन थापाले कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १३:४२