सूचनाको शक्ति - The Power Of Information

        

रामकुमारी झाँक्रीलाई प्रहरीले बोलायो अपराध महाखाशा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक भाषा प्रयोग गरेका भन्दै आलोचना गरिएकी नेकपा (प्रचण्ड–नेपाल खेमा) की नेतृ रामकुमारी झाँक्रीलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।

महानगरीय अपराध महाशाखाले नेतृ झाँक्रीलाई छलफलका लागि बोलाएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।झाँक्रीविरुद्ध कसैले उजुरी दिएका छैनन् । तर प्रहरी आफैले चासो दिएर छलफलका लागि बोलाएको एसएसपी थापाले बताए ।

नआएमा आवश्यक प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ११:३२