सूचनाको शक्ति - The Power Of Information

        

सडक दुर्घटना हुँदा नेपालगन्जमा एकको मृत्यु

बाँके । नेपालगन्जमा आज बिहान भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नेपालगन्ज बाँके नर्सिङ होम अगाडि नजिकै भे १ ख २९८४ नम्बरको मिनिबस र भे ४ प ८१८९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार साईगाउँका असगर अलि राइनको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति भारतका सलमान राइन पनि गम्भीर घाइते छन् । उनको पनि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कुखुरा बोकेर आएको मोटरसाइकल र यात्रुवाहक मिनिबस आज बिहान ५ बजेर ४० मिनेटमा दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १०:४७