सूचनाको शक्ति - The Power Of Information

        

अध्यागमनको नयाँ प्रावधानविरुद्ध महिलाहरुले आज विरोध प्रदर्शन गर्दै

काठमाडौं ।  अध्यागमन विभागले तयार पारेको कार्यविधि संशोधनविरूद्ध महिलाहरूले आज बिहीवार विरोध प्रदर्शन गर्ने भएका छन्।

विभागले ४० वर्षमुनीका महिलाका लागि विदेश भ्रमणमा जान परिवार र वडाको सिफारिस आवश्यक पर्ने गरी गरेको कार्यविधि संशोधनविरूद्ध महिलाहरूले आज विरोध प्रदर्शन गर्ने भएका हुन् ।

संशोधनविरुद्ध महिलाहरुले ‘सम्मानपूर्वक बाँच्न पाउने अधिकार देऊ सरकार नत्र पासपोर्ट फिर्ता लेऊ‚’ भन्ने नारासहित अध्यागमन विभागअघि आज दिउँसो १ बजे विरोध प्रदर्शन गर्न लागेका हुन् ।

महिला अधिकारकर्मीहरुले विभेदकारी प्रावधान राखेर कार्यविधि संशोधन अगाडि बढाइएको भन्दै संशोधनले समानताको हकलाई कुण्ठित गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०९:०९