सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको खोप लगाएकाले क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं । कोरोना विरुद्धको खोपको पूर्ण डोज लिएर १४ दिन पूरा गरेकाहरु संक्रमितको सम्पर्कमा आए पनि अनिवार्य क्वारेन्टिन बस्न नपर्ने जनाइएको छ ।

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सिडिसि)ले फाइजर बायोनटेक वा मोडर्ना खोपको दुवै डोज पूरा गरेको १४ दिन पछि संक्रमितको सम्पर्कमा पुगे पनि क्वारेन्टिनमा बस्न नपर्ने जनाएको हो ।

खोपको दोश्रो डोज लिएको १४ दिनमा बल्ल पूर्ण रुपमा रोग प्रतिरोधी क्षमता बन्ने भएकाले यो अवधि पूरा गरेकालाई खोप पूरा गरेका मानिएको हो ।

यसको मतलब उसले अन्य सुरक्षा सावधानी अपनाउनु नपर्ने भने होइन । तर कतै संक्रमितको सम्पर्कमा आउने वित्तिकै क्वारेन्टिन मै बसिहाल्न भने जरुरी नरहेको केन्द्रको पछिल्लो निर्देशिकामा जनाइएको छ ।

खोपले कहिलेसम्म जोगाउँछ भन्ने अझै स्पष्ट नभैसकेकाले खोप पूरा गरेको ३ महिना पुगेकाहरुले भने संक्रमितको सम्पर्कमा आए फेरि क्वारेन्टिनमा बस्नुपर्ने केन्द्रको भनाइ छ । एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०८:२६