सूचनाको शक्ति - The Power Of Information

        

कस्ता महिलालाई मन पराउँछन् पुरुष ?

बाँके । महिला र पुरुष दुवै उत्तिकै महत्वपूर्ण हुन् । यीमध्ये कुनै एकको अनुपस्थितिमा प्राकृतिक सृष्टि सञ्चालन सम्भव छैन तसर्थ महिलालाई पुरुष एवं पुरुषलाई महिलाको आवश्यकता पर्छ । त्यसैले पनि विवाह नामक संस्कार सम्पन्न गर्ने सनातन परम्परा छ ।

यसका लागि महिला–पुरुष दुवैले आफ्नो रुचिअनुरूप विपरीत लिङ्गी छनोट गर्छन् । यसमा कसैले सुन्दरता त कसैले बुद्धिमत्तामा जोड दिन्छन् अनि कसैले यी दुवैको संयोजन चाहन्छन् भने कतिपयले हरेक समय आफूअनुकूल चल्ने जीवनसाथी पनि चाहेका हुनसक्छन् । श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छन् तर सुन्दरतामात्र सबैथोक भने होइन ।

यहाँ पुरुषको रोजाइमा कस्ता महिला पर्छन् भन्ने जिज्ञासा शान्त पार्ने प्रयास गरिएको छ । श्रीमानका लागि श्रीमतीको सौन्दर्यले महत्वपूर्ण अर्थ राख्छ तर सुन्दरता मात्र सबैथोक भने होइन । श्रीमानले श्रीमतीको सौन्दर्यभन्दा बढी अन्य कुरामा ध्यान पुर्याएका हुन्छन् । केही विशेष गुण भएका महिलालाई सुन्दरता औसतमात्र भए पनि पुरुषले अत्यधिक रुचाउँछन्

संस्कार – पुरुषहरू सुन्दरभन्दा संस्कारी महिलालाई रुचाउँछन् । संस्कार नभएका तर सुन्दर महिलालाई रुचाइहाले पनि त्यो क्षणिक समयका लागि मात्र हुन्छ । हरेक पुरुषमा आफ्नी श्रीमतीले घरको रीतिरिवाज पालना गरून् र परिवारका आफूभन्दा ठूला सदस्यको सम्मानमा कुनै कसर नराखून् भन्ने चाहना हुन्छ ।

ठूल्ठूलो स्वरमा कुरा गर्ने, आफूभन्दा ठूलाको अपमान गर्ने तथा स्वेच्छाचारी महिला कहिल्यै पुरुषको रोजाइमा पर्दैनन् । श्रीमती संस्कारी नहुँदा आफूले लज्जित हुनुपर्ने हो कि भन्ने डर पुरुषको मनमा सदैव रहन्छ । श्रीमानहरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमानहरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् ।

समझदार – सामान्यतया पुरुषहरू आफ्नो इसारामा चल्ने सुन्दर श्रीमती चाहन्छन् समझदार होइन भनिन्छ । तथापि यो सत्य होइन । पुरुषहरू समझदार, जिम्मेवारी निर्वाह गर्न सक्ने, हरेक समस्या हल गर्न सक्ने, हरेक निर्णयमा उचित सल्लाह दिन सक्ने श्रीमती चाहन्छन् ।

मनको सुन्दरता – पहिलो हेराइमा शारीरिक सुन्दरतालाई महत्व दिने श्रीमानहरू श्रीमतीको मनको सुन्दरतालाई प्रशस्त महत्व दिन्छन् । त्यसैले श्रीमानहरू श्रीमतीको मन सुन्दर होस् भन्ने चाहन्छन् । सरलता, विनम्रता एवं राम्रो व्यवहारका कारण सबैको मन जित्न सक्ने महिलालाई पुरुषहरूले बढी रुचाउँछन् । झूटो एवं बनावटी कुरा गर्नेहरूलाई कसैले मन पराउँदैनन् ।

खाना बनाउन सिपालु – श्रीमानलाई धेरै सुन्दर महिलाभन्दा मीठो खाना बनाउन जान्ने श्रीमतीले सजिलै श्रीमानको मनमा डेरा जमाउँछिन् । श्रीमती खाना बनाउन सिपालु भए श्रीमान्ले आफन्त एवं साथीभाइका अगाडि गर्व गर्न सक्छन् ।

पारिवारिक – श्रीमानहरूको चाहना श्रीमतीले आफैंले जसरी आफ्ना आमाबाबुलाई पनि हृदयदेखि नै रुचाऊन् भन्ने हुन्छ । त्यसैगरी घरका अन्य सदस्यलाई पनि उसैगरी प्रेमपूर्ण व्यवहार गरून् र कसैसँग द्वेष नलिऊन् भन्ने हुन्छ । आफ्नी श्रीमती असल गृहनिर्मातृको भूमिकामा रमाएको हेर्ने चाहना अधिकांश पुरुषमा पाइन्छ ।

आदर्श आमा – असल श्रीमती एवं बुहारीका साथै आफ्नी श्रीमती सन्तानका लागि असल आमा पनि बनून् भन्ने चाहना हरेक श्रीमान्मा हुन्छ । सन्तानको स्वास्थ्यदेखि लिएर पढाइ–लेखाइको पनि ख्याल राख्दै उनीहरूलाई संस्कारवान् बनाउन लागिपर्ने महिला सदैव पुरुषहरूको रोजाइमा पर्छन् । आपत्तिका बेला हिम्मतपूर्वक काम गर्ने र पुरुषको कमजोरी नभै शक्ति बन्ने महिलालाई पुरुषहरूले असाध्यै रुचाउँछन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ११:५४