सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय महिला लिगमा आज एपीएफ र चन्द्रपुर खेल्दै

काठमाडौं ।  राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।

एपीएफ आज पनि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।

चन्द्रपुर भने एपीएफको अपराजित यात्रा टुंग्याउन चाहन्छ । लिगको छटौँ स्थानमा चन्द्रपुर ७ खेलमा ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:२३