सूचनाको शक्ति - The Power Of Information

        

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा दुर्गेश पक्राउ

नवलपरासी । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा नवलपरासीमा एक जना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका ५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:१५