सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

दाहाल-नेपाल समूहको आज शक्ति प्रदर्शन : कुन जुलुसको नेतृत्व कसले गर्दैछन् ?

दुई लाख मानिस उतार्ने दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ ।

प्रतिनिधि सभा विघटनलगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत दाहाल-नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनका लागि विभिन्‍न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्‍न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ ।

पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ-प्रदेशका सांसदले गर्नेछन् । त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गर्ने कार्यक्रम तय गरिएको छ ।

केशरमहलबाट निस्कने जुलुसको नेतृत्व  देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गर्नेछन् । जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

 विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०७:४०