सूचनाको शक्ति - The Power Of Information

        

‘अपरेसन महाहण्ट’

बाँके राष्ट्रिय निकुञ्‍जमा ‘अपरेशन महाहण्ट : हतियारसहित थप तीन पक्राउ

दुई नाल भरुवा बन्दुकसकेत बरामद

बाँके  । बाँके राष्ट्रिय निकुञ्‍जमा सञ्चालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यानको कालिमाटी गाउँपालिका–३, बस्ने वर्ष २० का वीरबहादुर पुन मगर, वर्ष ३८ का रमेश घर्ति र वर्ष २६ का खेमबहादुर थापा रहेका छन्। उनीहरुबाट दुई नाल भरुवा बन्दुकसकेत बरामद भएको नेपाली सेनाले जनाएको छ।

हतियारसहित निकुञ्‍ज ईलाकाभित्र हर्कत गरेको र अवैध जिवजन्तु चोरी शिकारी कार्यमा संलग्न रहेको अभियोगमा माघ २१ गते ६ नाल बन्दुकसहित पक्राउ परेका ९ जनालाई सोधपुछ गर्ने क्रममा शिकारी समूहका थप ३ जना पक्राउ परेका हुन्।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाएको छ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार १८:२६