सूचनाको शक्ति - The Power Of Information

        

दोस्रो चरणको खोप अभियान

दोस्रो चरणको खोप अभियान सुरु : कूटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई लगाइने

७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने

काठमाडौं । कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप अभियान आज देखि सुरु भएको छ ।

दोस्रो चरणको अभियानअन्तर्गत कूटनीतिक नियोगका कर्मचारी र अग्रपंक्तिमा कार्यरत पत्रकारहरुलाई खोप लगाइने भएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुबाट शुरु गरिएको खोप अभियानको दोस्रो कार्यक्रम अन्तर्गत कूटनीतिक नियोग र संचार क्षेत्रलाई प्राथमिकतामा राखिएको हो ।

आजदेखि सञ्चालन हुने दोस्रो कार्यक्रमका लागि काठमाडौंको सिभिल, टिचिङ्, पाटन र शहिदगंगालाल अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

जसमा पत्रकारलाई सिभिल अस्पताल र वाकी तीन वटा अस्पतालवाट कूटनीतिक नियोगका कर्मचारीहरुलाई खोप लगाउने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले जानकारी दिनुभयो ।

भारत सरकारको सहयोगमा नेपालमा आएको १० लाख डोज खोप हाल सम्म १ लाख ८४ हजार ८ सय ५६ जना व्यक्तिमा लगाईसकिएको छ ।

सरकारले शुरुमा फ्रन्टलाइनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी लगाएतका व्यक्तिलाई खोप लगाएको थियो ।

पहिलो पटकको खोप अभियान माघ १४ देखि २४ गते सम्म सञ्चालन भएको थियो । सरकारले नेपालको जनसंख्याको ७२ प्रतिशत व्यक्तिलाई खोप लगाउने जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०९:०६