सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा छोरीको हत्यापछि घरमा आगजनी

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिका–१०, विजयपुरमा बुबाले छोरी बेलमती महरा (धामी) को गोली हानी हत्या गरेर घरमा आगजनी गरेका छन् । शनिबार साँझ ४ बजे छोरीको हत्या गरेर ६५ वर्षीय बुबा धनबहादुर फरार भएको बैतडीका प्रहरी निरीक्षक जनक धामीले बताए ।

उनका अनुसार दिउँसो श्रीमतीसँग झगडा भएको विषयमा विवाद हुँदा छोरीमाथि गोली प्रहार भएको थियो । त्यसपछि घरमा आगो लगाएको पाइएको धामीले बताए । प्रहरीका अनुसार घरमा राखिएको भरुवा बन्दुकबाट छोरीलाई गोली हानिएको भनिएको छ ।

घटनालगत्तै नजिकै रहेको प्रहरी कार्यालयबाट टोली पुगे पनि धनबहादुर जंगलतिर भागिसकेका थिए । अहिले जंगल क्षेत्रमा प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतवार १४:४०