काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ ।
युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
आज अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:
।