कैलाली । कैलालीको जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटमा माटोको ढिस्कोले पुरिएर तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
आज बिहान घर लिपपोतका लागि माटो लिन गएका पूर्व खैरीफाँटका १७ वर्षकी धनसरी विक, २० वर्षकी भावना ओड र ३१ वर्षकी गंगा जैगडीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माटोले पुरेका काजल विक र अञ्जु जैगडी घाइते भएका छन् । उनीहरुको टिकापुर अस्पतालमा उपचार भइरहेको गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले जानकारी दिनुभएको छ ।
।